|

काठमाडौं : रुपन्देहीमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ। 

गएरातिबाट आज बिहानसम्म बुटवलस्थित कोरोना विशेष अस्पतालमा थप ६ संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा ५ जना रुपन्देहीका र एक जना पाल्पाका रहेको अस्पतालका सूचना अधिकारी डाक्टर विष्णु गौतमले जानकारी दिए। 

मृत्यु हुनेमा पाँच पुरुष र एक महिला छन्। मृतकमा ७०, ५७, ३८, ३५ ४४ र ५२ वर्षका रहेको डाक्टर गौतमले बताए।  उनीहरूमध्ये पाँच जना अस्पतालको आकस्मिक कक्ष र एक जना एचडीयूमा उपचाररत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.