|

सल्यान : वर्षापछि आएको पहिरोले अवरुद्ध बनेको छिन्चु–जाजरकोट सडक सञ्चालनमा आएको छ। अवरुद्ध भएको झन्डै १४ घण्टापछि सडक सञ्चालनमा आएको हो।

सल्यान र सुर्खेतको सिमानामा रहेका गुर्भाकोट नगरपालिका–३ धारापानी नजिकै मंगलबार पहिरो खस्दा सडक सडक अवरुद्ध भएको थियो। सहायक बाटो खन्ने क्रममा पहिरो आएको थियो। 

पहिरो डोजर लगाएर हटाएपछि सडक सञ्चालनमा आएको गुर्भाकोट नगरपालिकाका सूचना अधिकारी मेघराज सोनीले जानकारी दिए। सडक अवरुद्ध हुँदा एम्बुलेन्स, खाद्यन्न बोकेका गाडी जाममा परेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.