‘फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिए’

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेका नेता घनश्याम भुसालले  आत्मसमर्पण क्रान्तिप्रति गद्दारी भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको  तीव्र विवादले पार्टी विभाजनको डिलमा पुगेको बेलामा उनले यस्तो बताएका छन्।

उनले फेसबुकमा लेखेका छन्,  ‘विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद छ। तर, आत्मसर्पण क्रान्तिप्रति गद्दारी हो भन्ने कुरा हामीलाई राम्ररी थाहा छ।‘ उनले केपी ओलीले आफूहरूसँग बदला लिन फेरि प्रतिनिधिसभा विघटन गर्न कस्सिएको आरोप लगाए।

‘हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो। आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकी रहेको नेकपा एमालेलाई विभाजित गरिँदैछ’ उनले लेखेका छन्।

गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुन:स्थापित हुँदा दोस्रो पटक पनि असफल भएका शक्तिहरूले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गर्न लागि परेको दाबी गरेका छन्।

‘आज हामीविरुद्ध गरिएका गालीगलौज वा आलोचनाले नेपालमा संविधान जारी हुँदा असफल भएका र विघटित प्रतिनिधिसभा पुनस्र्थापित हुँदा दोस्रोपटक पनि असफल भएका शक्तिहरुले चुनावको नाममा फेरि प्रतिनिधिसभा विघटन गराएर हामीसँग बदला लिन कस्सिएका छन् भन्ने दाबीको खण्डन हुँदैन’ उनले लेखेका छन्।​ विद्रोहले क्रान्तिमा योगदान गर्छ कि गर्दैन भन्ने विषयमा इतिहासमा ठूलो विवाद भएको टिप्पणीसमेत गरेका छन्।

हिजो प्रचण्डलार्ई गाली गरेर पार्टी विभाजनको पाप ढाक्ने प्रयास भयो । आज झलनाथ–माधवलार्ई गाली गरेर बाँकि रहेको नेकपा...

Posted by Ghanashyam Bhusal on Tuesday, 11 May 2021

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.