|

सल्यान : उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सल्यानमा एक जनाको बाटोमै मृत्यु भएको छ।

कपुरकोट गाउँपालिका ६ का ६४ वर्षीय पुरुषको मंगलबार राति करिब ८ बजेतिर गाउँपालिकामा रहेको कोभिड-१९ अस्थायी अस्पतालमा ल्याउँदै गर्दा ज्यान गएको गाउँपालिको जनाएको छ।

मृतक दम र मधुमेहका बिरामी थिए। २२ गते दाङको तुलसीपुरमा पिसिआर परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो। मंगलबार राति नै बनगाड कुपिण्डे नगरपालिकाका-६ का एक पुरुषको पनि कोरोनाबाट नै मृत्यु भइसकेको छ।

देवस्थल आइसोलेसनमा उपचार गराइरहेका उनको मृत्यु भएको थियो। कपुरकोट गाउँपालिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ भने जिल्लामा १७ पुगेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.