|

काठमाडौं : देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ९ हजार ३ सय ५ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या एक लाख एक हजार ६ सय ३४ पुगेको हो । 

जसमध्ये ९४ हजार ३ सय ४३ जना होम आइसोलेसन र ७ हजार २ सय ९१ जना संस्थागत आइसोलेसनमा छन्। मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा १ सय ६८ जना संक्रमितको मृत्यु भएको छ। 

गत २४ घण्टामा ४ हजार ४ सय ४४ जना संक्रमणमुक्त भएका छन् । २० हजार ३ सय ६२ जनाको पिसिआर र ४ सय २४ जनाको एन्टिजेन परीक्षण गरिएको प्रवक्ता गौतमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.