|

काठमाडाैं :  साहित्यकार तथा विभिन्न ग्रन्थका सम्पादक जीवनचन्द्र कोइरालाको कोरोना सङ्क्रमणका कारण निधन भएको छ ।

उनको बुधबार दिउँसो १२:३० मा निधन भएको धुलिखेल अस्पताल स्रोतले जनाएको छ। उनी दुई साता अघि संक्रमित भएर निजामती अस्पतालमा उपचार हुँदाहुँदै आइसीयुमा राख्न धुलिखेल अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।

साझा प्रकाशनको गत निर्वाचनमा अध्यक्षका प्रत्यासी बनेका ६१ वर्षीय कोइराला नेपाली कांग्रेसको राजनीति सँगसँगै सामाजिक र साहित्यका क्षेत्रमा सक्रिय थिए। उनका श्रीमती र दुई छोरी छन्।

उनी नेपाली कांग्रेसको तर्फबाट काठमाडौं महानगर वडा १० को वडा सदस्य समेत भएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.