|

इलाम : कोरोना संक्रमित इलाम कारागारका एकजना कैदीको मृत्यु भएको छ। देउमाई नगरपालिका–६ का ३५ वर्षीय कैदीको इलाम अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।

बरालका अनुसार जेल सार्नका लागि झापा लग्ने क्रममा मेची अस्पतालमा टेस्ट गर्दा वैशाख २७ गते कोभिड–१९ पोजेटिभ देखिएको थियो। कोभिड संक्रमण देखिएपछि उनलाई पुनः इलाम ल्याइएको थियो।

पेटको रोगी रहेका उनको इलाम अस्पतालमा नै मृत्यु भएको हो। शवलाई नेपाली सेनाले व्यवस्थापन गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.