|

काठमाडौं : नेकपा एमालेका नेता भीम रावलले कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सत्तामा पुग्‍नबाट रोक्न आफूहरुले राजीनामा दिनु उपयुक्त हुने बताएका छन्। 

कांग्रेस र माओवादी केन्द्रलाई बहुमत जुटाएर सरकार बनाउन सकस भइरहेका बेला रावलको यस्तो भनाइ आएको हो । उनले थप राष्ट्रिय हित, पार्टी विधान र अलोकतान्त्रिक कार्य गर्नबाट प्रधानमन्त्री ओलीलाई रोक्न पदमुक्त गर्नु आवश्यक रहेको उल्लेख गरेका छन्।

'असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ', बुधबार ट्वीट गर्दै रावलले लेखेका छन्, 'त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिती निर्माण गर्नुपर्छ, यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

एमालेको नेपाल–खनाल समूहका सांसदले राजीनामा दिए कांग्रेस-माओवादी गठबन्धनलाई बहुमतको सरकार गठन गर्न सहज हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.