|

काठमाडौं : काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ३ हजार ९ सय २४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौंमा ३ हजार दुई सय ५०, भक्तपुरमा २ सय २६ र ललितपुरमा ४ सय ४८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए।

योसँगै उपत्यकामा हाल ४१ हजार ९ सय १८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा मात्र ३० हजार पाँच सय ८८ जना छन्। त्यसैगरी भक्तपुरमा ४ हजार ६ सय र ललितपुरमा ६ हजार ७ सय १६ सक्रिय संक्रमित छन्।  

त्यस्तै हालसम्म कोरोना संक्रमणबाट उपत्यकामा १ हजार ४ सय १३ जनाको मृत्यु भएको छ। जसमध्ये काठमाडौंमा ९ सय ६०, भक्तपुरमा १ सय ९३ र ललितपुरमा २ सय ६० जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.