|

काठमाडाैं : जनता समाजवादी पार्टीले वैकल्पिक सरकार गठनमा सहमति जुटाउन आज शीर्ष नेताबीच भएको छलफलले बिनानिष्कर्ष टुंगिएको छ। 

ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार भएको छलफलमा शीर्ष तहबाट सरकार गठनमा विभिन्न विकल्पबारे छलफल भएको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले जानकारी दिए। 

लोकतान्त्रिक पार्टी भएकाले फरक फरक धारणा आउनु स्वाभाविक भएको भन्दै उनले भोलि (बिहीबार) सम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए। बुधबारको अनौपचारिक छलफलमा आएका विचारमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकिकृत निर्णय गरिने उनले बताए। 

'हाम्रो पार्टीको दुई खेमा होइन। फरक फरक विचारहरु छन्। यो स्वाभाविक हो लोकतान्त्रिक पार्टीमा। संविधानको धारा ७६ को २ अनुसार वैकल्पिक सरकार निर्माणका लागि दाबी पेस गर्ने भोलि अन्तिम समय छ। भोलिसम्म एकीकृत विचार बनाउने प्रयासमा हामी छौं।'

प्रतिनिधिसभाबाट प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत प्राप्त गर्न नसकेपछि गत २७ गते राष्टपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रधानमन्त्री चयनका लागि दलहरूलाई ३ दिनको समय दिएकी थिएन। समय भोलि सकिँदै छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.