|

सोलुखुम्बु : कोरोना संक्रमणले देशलाई आक्रान्त बनाइरहेको बेला विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण भने उत्साहजनक रुपमा भइरहेको छ।

बुधबार मात्रै करिब ७० जना आरोही शिखरमा पुग्न सफल भएका पर्यटन विभागकी निर्देशक मीरा आचार्यले आधार शिविरबाट जानकारी दिइन्। 

मंगलबार साँझसम्म करिब १०० आरोही शिखर पुगेका थिए भने बुधबार करिब ७० जनाले शिखर चुमेका निर्देशक आचार्यको भनाइ छ। हालसम्मको तथ्यांकअनुसार करिब १८२ आरोही शिखरमा पुग्न सफल भएका छन्। यो विवरणमा केही थपघट हुन सक्ने बताइएको छ।

आरोहणका लागि बिहीबारसम्म मौसम अनुकूल रहने बताइएको छ। त्यो बेलासम्म धेरैजसो आरोही शिखर पुगिसक्ने निर्देशक आचार्यले बताइन्। वसन्त यामको सगरमाथा आरोहण यही वैशाख २४ गते देखि सुरु भएको थियो।

कीर्तिमानी आरोही कामिरिता शेर्पाको नेतृत्वमा गएको १२ जना शेर्पा टोलीले शिखर जाने बाटो बनाउँदै चुचुरोमा पुगेपछि आरोहण सुरु भएको थियो।

मन्त्रालयलका अनुसार वसन्त याममा सगरमाथा आरोहणका लागि ४३ समूहका ३१५ पुरुष, ९२ महिला र १ अन्य गरी ४ सय ८ जनाले अनुमति लिएका छन्। उनीहरूले यही मार्च २३-२४ तारिखसम्म आरोहण गरिसक्ने लक्ष्य राखेका निर्देशक आचार्यले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.