|

स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जाले ​जारी निषेधाज्ञाको म्याद जेठ १५ सम्म थप गरेको छ।

जिल्लामा नयाँ भेरियन्टको कोरोना संङ्क्रमणदर उच्च रहेको भन्दै निषेधाज्ञाको म्याद थपिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।

‘हामीले थप कडाइ गर्नेगरी म्याद थप गरेका छौँ, अनावश्यक हिँड्ने र भिडभाड गर्नेलाइ कार्बाही समेत गर्छाैं, ’ नेपालले भने , ‘विवाह, ब्रतबन्ध जस्ता कार्यले सङ्क्रमण फैलिएको छ। त्यस्ता कार्य गर्नैपरे १५ जना भन्दा बढी सहभागी नहुने गरी स्वास्थ्यको मापदण्ड अपनाउनुपर्नेछ।’

यसअघि जिल्ला सुरक्षा समिति स्याङ्जाको बैठकले वैशाख ३१ सम्ममात्र निषेधाज्ञा तोकेको थियो। तर, जिल्लाभित्र सङ्क्रमितको संख्या ५०० नाघेको कारण थप कडाइ गरिएको हो।

यस्तै, बुधबार पुतलीबजार नगरपालिकाको ६ नं वडा मा रहेको टक्सारको हलेदे गाउँलाई शिल गरिएको छ। मंगलबार त्यहाँका २७ जनालाई कोरोना संङ्क्रमण पुष्टि भएपछि बुधबारबाट लागु हुने गरी १० दिनलाई शिल गरिएको हो।

१० दिनसम्म बाहिरी मानिसहरू गाउँ प्रवेश र गाउँका मानिसहरू बाहिर जान रोक लगाइएको पुतलीबजार नगरपालिकाले जनाएको छ। एकै पटक गाउँमै धेरै संख्यामा कोरोना पुष्टि भए पश्चात पुतलीबजार नगरपालिका प्रमुख सीमाकुमारी क्षेत्री डाक्टर सहितको टोली लिएर टक्सार पुगेकी थिई।

नगरपालिकाले सङ्क्रमितको घर-घरमा पुगेर आयुर्वेदिक औषधि वितरण अभियानसमेत सञ्चालन गरेको छ। 

जिल्ला प्रशासन कार्यालय, स्याङ्‌जाले जारी गरेको आदेश :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.