काठमाडौं : नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती सच्चाएको टिप्पणी गरेका छन्। ओलीले नेता माधवकुमार नेपालसहित ४ नेताहरूको कारबाही फुकुवा गरेपछि उनले यस्तो टिप्पणी गरेका हुन्।
उनले ट्विट गरेका छन्, ‘हिजो गल्ती भएको थियो, त्यसलाई सच्याउनु राम्रो हो। अब कुरा गरेर सहमति बनाउन लाग्नुपर्छ।‘ कारबाही फिर्ता गरेपछि अब पार्टीको विवाद समाधान गरेर अगाडि बढ्नुपर्ने बताएका छन्।
पार्टी विभाजनको डिलमा पुगेपछि ओलीले स्थायी कमिटी बैठक राखेर नेता नेपालसहित, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुकुवा गरेका छन्।
पार्टीविपरीत चलेको भन्दै उनीहरूलाई ६ महिनाको लागि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।