नेपालको जवाफ : दुई घण्टापछि जवाफ दिन्छु

|
फाइल फोटो

काठमाडौं : नेकपा एमालेको विवाद निर्णायक मोडमा पुगेपछि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली लचक भएका छन्। नेता माधवकुमार नेपाललाई टेलिफोन गरेर एकता जोगाउनका लागि वार्तामा बस्न आग्रह गरेका छन्।

‘प्रधानमन्त्री ओलीले उहाँलाई फोन गरेर विवाद समाधानका लागि हामी भेटौँ भनेर प्रस्ताव गर्नुभएको छ। तर, उहाँले दुई घण्टापछि मात्रै जवाफ दिन्छु भनुभयो’ संसदीय दलको उपनेता सुवास नेम्वाङले भने।

नेता नेपालले बालुवाटार आउन नमाने प्रधानमन्त्री सिंहदरबार जानसमेत तयार भएको उनले बताए।

‘उहाँले यसअघि पनि बालुवाटार आउन मान्नुभएको थिएन। पार्टी कार्यालय र मेरियट होटल पुग्नुभयो। अहिले एकता जोगाउन प्रधानमन्त्री सकारात्मक भएर लाग्नुभएको छ’ नेम्वाङले भने।

नेता नेपालले भेट्ने समय दिए आजै भेटवार्ता हुने उनले बताए। एमालेभित्रको विवादको छिनोफानो हुने अन्तिम विन्दुमा पुगेपछि ओली लचक भएर नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुषालमाथि लगाएको कारबाहीसमेत फुकुवा गरिसकेका छन्।

कारबाही फुकुवा भएपछि एकता जोगाउन लागिपरेको नेता योगेश भट्टराईले ओलीबाट गल्ती सच्चिएको हुनाले सहमतिमा लाग्नुपर्ने प्रतिक्रिया दिएका छन्।

ओलीले कारबाही फुकुवा गर्दै गर्दा नेता नेपाल भने कोटेश्वरमा कानुन व्यवसायीहरुसँगको परामर्शमा रहेको बुझिएको छ। नेता नेपाल समूहले पार्टीलाई २०७५ जेठ २ कै अवस्थाबाट सञ्चालन गर्नुपर्ने माग गरिरहेका छन्।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.