|

बाँके : ​नेपालगञ्‍ज उपमहानगरपालिका-१२, बाँकेकी २९ वर्षीया महिलाको कोरोना संक्रमणपश्चात् मृत्यु भएको छ।

हिजो बैशाख २९ गते एन्टिजेन विधिबाट परीक्षण गर्दा कोभिड पुष्टि भएपछि थप उपचारका लागि नारी आइसोलेसन सेन्टरमा भर्ना भएकी उनको आज बिहान ८ बजे मृत्यु भएको हो।

स्वास्थ्यमा समस्या आएपछि उनलाई थप उपचारका लागि भेरी अस्पताल पुर्‍याए लगत्तै मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज ओलीले जानकारी दिए।

बाँकेमा हालसम्म कोभिड संक्रमणपश्चात्‌ जिल्लाका २१४ र जिल्ला बाहिरका १६३ जनाको ज्यान गएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.