|

बैतडी : असिना पानीका कारण बैतडीका विभिन्न स्थानका किसानले लगाएका तरकारी र फलफूलमा क्षति पुर्‍याएको छ।  बुधबार बेलुकी परेको असिनापानीका कारण जिल्लाको दोगडाकेदार गाउँपालिका र सुर्नया गाउँपालिकाका विभिन्न स्थानमा लगाएको तराकारी र फलफूलमा क्षति पुर्‍याएको हो।  साँझ करिब १ घण्टासम्म लगातार परेको असिनाले किसानको खेतमा लगाएको तरकारी र फलफूल खेतीमा क्षति पुर्‍याएको हो। 

दोगडाकेदार गाउँपालिकालगायतका क्षेत्रमा तरकारी, फलफूल र कृषी बालीमा व्यापक क्षति भएको बैतडीको दोगाडाकेदार गाउँपालिकाका कृषि प्राविधिक कविराज भट्टले जानकारी दिए। असिनापानीको कारण मल्लाढिक, कफलकोटलगायत विभिन्न गाउँमा कृषि बालीमा व्यापक क्षति पुगेको हो। असिनापानी र ढलको पानीका कारण तरकारीखेतीमा व्यापक क्षति भएको छ।

व्यावसायिक तरकारी खेती गर्दै आएका आफूहरूको तरकारी असिनाले नष्ट गरेपछि किसानहरू चिन्तित भएका छन्। तरकारी बेचेरै दैनिक जीविकोपार्जन गर्ने गरेकोमा उक्त तरकारी असिनाले नष्ट गरिदिएपछि समस्या भएको किसानहरुले बताएका छन्।

यस्तै, बुधबार साँझ नै परेको असिनापानीले बैतडीको सुर्नया गाउँपालिका ४ मेल्डुंग्रास्थित किसानको तरकारी बालीमा क्षति पुर्याएको छ। यसअघि जिल्लाको शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा पनि असिनापानीले तरकारी र फलफूलमा क्षति पुर्‍याएको थियो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.