|

काठमाडौं : चर्चित नायिका सुरक्षा पन्त र निर्देशक मनोज पण्डितको मुहुर्त सटबाट छायांकन सुरु गरेको चलचित्र प्रेमगन्जको छायांकन युनिट ग्रामीण क्षेत्रको छयांकन पूरा गरी काठमाण्डौ फर्किएको छ।

काभ्रेको कात्तिके देउरालीमा वैशाख ०७ गतेदेखि २७ गतेसम्म चलचित्र छयांकन गरी सम्पूर्ण युनिट काठमाडौं फर्किएको हो। हालसम्म चलचित्रको ६० प्रतिशत छायांकन सकिएको छ भने बाँकी ४० प्रतिशत छयांकन कोरोना महामारीको प्रभाव कम भई निषेधाज्ञा हटेपश्चात् काठमाण्डौमा गरिने निर्माण टिमले जानकारी दिएको छ।

विशुद्ध प्रेमकथामा आधारित यस चलचित्रमा बेनिशा हमाल, तेज गिरी, सम्पदा बानियाँ, रश्मि भट्ट, नरेश पौडेल, रामबाबु रेग्मी, गीता अधिाकारी, पवन भट्टराई, संजोग रसााईली, गीत विष्ट, राईडर प्रशन्त, सुप्रिया खनाल, सिम्रन खड्का, अन्चित ढुङ्गानालगायतका कलाकारको अभिनय छ।

चलचित्र निमार्णमा कुनै कन्जुस्याइँ नगरी अत्याधुनिक प्रविधिहरुमार्फत चलचित्र खिचिएको छायांकार सन्जय लामाले बताए।

चलचित्र चौतारीको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका निर्माता राजु फुँयाल हुन् भने कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ रहेका छन्। सम्पूर्ण टिमले अत्यन्तै मेहनतका साथ काम गरेको र यस चलचित्रले आम दर्शकलाई बेग्लै किसिमको अनुभूति दिलाउनेमा विश्वस्त रहेको यस चलचित्रका निर्देशक परिच्छेद सेनले बताए।

 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.