|

काठमाडौं : शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतााललाई सरकारबाट ‘ए’ ग्रेडको मान्यताप्राप्त विध ल्याबले दुई हजार थान एक्सट्रयाक्सन किट सहयोग गरेको छ। कोभिड–१९ (कोरोना भाइरस)को महामारीमा किटको अभाव देखिएको थियो।

किट अभावमा हिजो बुधबारदेखि टेकु अस्पतालमा पिसिआर परीक्षण स्थगित भएपछि ल्याबले सहयोग उपलब्ध गराएको हो।

ल्याबकी इन्चार्ज डा विनिता थापाका अनुसार महामारीको बेलामा सरकारसँग मिलेर अघि बढ्न किट सहयोग गरिएको हो। टेकु अस्पतालका निर्देशक डा सागर राजभण्डारीका अनुसार भोलिदेखि नियमित पिसिआर परीक्षण हुनेछ।

कोभिडको दोस्रो लहर सुरु भएपछि बढ्दै गएको संक्रमण नियन्त्रणका लागि परीक्षण आवश्यक भएको भन्दै ल्याबकी इन्चार्ज थापाले आफूहरु सरकारसँग हातेमालो गरेर अघि बढ्ने बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.