|

सर्लाही : सर्लाहीमा शुक्रबार (भोलि) ३१ गते मध्य रातिदेखि १० दिनका लागि निषेधाज्ञा थपिएको छ।

सदरमुकाम मलंगवामा आज दिउँसो बसेको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भोलि राति १२ बजेदेखि लागु हुने गरी आगामी जेठ १० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको हो।

कोरोना भाइरसको संक्रमण बढ्दै गइरहेकाले रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा थप गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिए।

उनका अनुसार निषेधाज्ञाको अवधिमा निजी तथा सार्वजनिक सवारी साधन, हाटबजार, होटल तथा रेष्टुरेन्ट, ब्युटीपार्लर, सैलुन, शैक्षिक संस्था, ट्युसन सेन्टर बन्द हुनेछन्।

स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, खानेपानीलगायत अत्यावश्यक क्षेत्रका सवारी साधनलाई भने सञ्चालन गर्न दिइने उनले बताए। स्वास्थ्य संस्था र पेट्रोल पम्प खुला रहनेछन्।

खाद्यान्न, फलफूल, तरकारी, दूध डेरी, ग्याँस पसल बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खोल्न पाइने छ। बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैङ्कको निर्देशन अनुसार स्वास्थ्य मापदण्डको पूर्ण रुपमा लागू गरेर सञ्चालन गर्नुपर्नेछ।

सर्लाहीमा बिहीबार बिहानसम्म कोरोना संक्रमितको संख्या ४५३ पुगेको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ। जिल्लामा कोरोना संक्रमितमध्ये ११ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.