|

हेटौंडा : कोरोना संक्रमित बिरामी बोक्न हेटौंडामा अटो एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको छ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्न थालेपछि संक्रमितलाई उपचार सहजता होस् भन्ने उद्देश्यले बिहीबारदेखि अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालनमा ल्याइएको हो।

हेटौंडा उपमहानगरपालिकाको १९ वटै वडामा आजैदेखि २-२ वटा अटोलाई एम्बुलेन्सको रुपमा सञ्चालन गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।

संक्रमित बढ्दै गएपछि जिल्लामा एम्बुलेन्सको माग पनि बढ्दै गएको छ त्यसैले एम्बुलेन्सको माग परिपूर्ति गर्न तत्कालको लागि अटो एम्बुलेन्स सेवा सञ्चालनमा ल्याइएको पाण्डेले बताए। 

हेटौंडा उपमहानगरको १९ वटा वडामा ३८ वटा अटोलाई केही स्वरूप परिवर्तन गरी अटो चालकलाई पिपिई सेट प्रयोग गराई अटो एम्बुलेन्स सञ्चालन गरिएको प्रजिअ पाण्डेले बताए।

हेटौंडा उपमहानगरमा दैनिक वडा नम्बर ४ र ५ मा संक्रमितको संख्या अन्य वडाको भन्दा बढी रहेको पाइएको छ।

जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को पदाधिकारीहरुको उपस्थितिमा चालकलाई पिपिई सेट प्रदान गर्दै अटो एम्बुलेन्स सेवाको सुरुवात गरिएको थियो। हेटौंडा उपमहानगरको व्यवस्थापन र अटो व्यवसायीहरुको सहकार्यमा यो सेवा सुरुवात गरिएको जनाइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.