|

काठमाडाैं : नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले एकमात्र विकल्प विद्रोह भएको बताएकी छिन्। 

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भइरहेका बेला ट्वीट गर्दै उनले जनता लोकतन्त्र र संविधानको रक्षाका लागि आफूहरुको अगाडि एक मात्र विकल्प विद्रोह रहेको उल्लेख गरेकी हुन्।

उनले ओलीसँगको वार्तामा ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा नपर्न पनि माधव नेपाललाई सुझाएकी छिन्। 

उनले आफूहरुको आत्मसमर्पणले कम्युनिष्ट आन्दोलन बिसर्जन गर्ने भन्दै सचेत हुन नेतृत्वको ध्यानाकर्षणसमेत गराएकी छिन् । झाँक्री समानुपातिक सांसद हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.