|

जनकपुरधाम : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले प्रदेश नम्बर २ मा रिक्त रहेको समानुपातिक तर्फको प्रदेशसभा सदस्यमा पस्मिना कादरीलाई मनोनित गरेको छ।

माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले जनाए अनुसार पर्सा निवासी कादरीलाई मनोनित गरिएको हाे। कादरीलाई सभामुख सरोजकुमार यादवले आजै सपथग्रहण गराएका छन्। कादरी अखिल नेपाल महिला संघ क्रान्तिकारीकी नेतृ हुन्।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानाे अवस्था फर्काएपछि चारजना प्रदेशसभा सदस्य एमालेमा लागेपछि माओवादी केन्द्रले रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दनप्रसाद कुशवाहा र मोहम्मद समीरलाई कारबाही गरि पार्टीबाट निस्कान गरेकाे थियाे। माओवादी केन्द्रले चारजना नेतालाई निलम्बन गरेको एक महिना नबित्दै समानुपातिक तर्फबाट कादरीलाई मनोनित गरेकाे हाे। उनालाई मुस्लिम कोटाबाट प्रदेशसभा सदस्यमा मनोनित गरिएको नेता साहले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.