दुई मन्त्रालय नपाए कांग्रेसले सपथ गर्न नदिने

|

सुर्खेत : कांग्रेसको असहमतिपछि कर्णाली प्रदेशमा थपिएका नयाँ तीन मन्त्रीहरूको सपथ ग्रहण बिहीबार पनि हुन सकेन।

बुधबार साँझ नै सपथ ग्रहण हुने भनिए पनि कांग्रेसका नेताहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाही एकलौटी ढंगले अगाडि बढेकोले असहमति जनाएपछि मन्त्रीहरुको सपथ रोकिएको हो।

कांग्रेसले वैशाख ३ गते मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएर शाही नेतृत्वको सरकारलाई समर्थन गरेको थियो। कांग्रेसका लागि राखिएको सामाजिक विकास मन्त्रालयसमेत मुख्यमन्त्री शाहीले विभाजन गरेर युवा तथा खेलकुद मन्त्रालय बनाएपछि कांग्रेसको असन्तुष्टि बढेको हो।

कांग्रेस प्रदेश सभा सदस्य तथा प्रतिपक्ष दलका नेता हिमबहादुर शाहीले कांग्रेसले दुई  मन्त्रालय नपाए सम्म सपथ हुन नदिने बताए। कांग्रेसका नेताहरुसँग कुनै पनि छलफल नगरि मुख्यमन्त्री शाही अगाडि बढेका छन्।

यस बारेमा कांग्रेसले सचेत गराएपछि मुख्यमन्त्री शाहीले सरकारलाई समर्थन गर्ने दल र समूहसँग छलफल गरेर अगाडि बढ्ने बताएका छन्।

शाहीले आर्थिक मामिला तथा योजना मन्त्रीमा गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा विन्दमान विष्ट र सीता नेपालीलाई ऊर्जा तथा जलस्रोत मन्त्रीको जिम्मेवारी दिने तयारी गरेका थिए।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.