|

काठमाडाैं : नेपाल सुपर लिगअन्तरगत आज भएको प्ले अफको अन्तिम  खेलमा ललितपुरलाई ३-० गोल अन्तरले हराउँदै काठमाडौंले फाइनल यात्रा तय गरेको छ। अब शनिबार हुने फाइनलमा काठमाडौ र धनगढी भिड्नेछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १५ औं मिनेटमा मेसौकेले पेनाल्टीमा गोल गर्दै काठमाडौंलाई अग्रता दिलाए। खेलको २२ औं मिनेटमा मेसौकेले व्यक्तिगत दोस्रो गोल गर्दै काठमाडौंलाई २-० को अग्रता दिलाए।

तेज तामाङले डिबक्स बाहिर उपलब्ध गराएको बल अगाडी बढाउदै डिफेन्डर पिटरलाई बिट गर्दै मेसौकेले उत्कृष्ट गोल गरे। त्यसपछि खेलको ६० औं मिनेटमा स्टेफेनले गोल गर्दै काठमाडौंलाई ३-० को जित दिलाए।

 धनगढी पहिलो क्वालिफायरमा काठमाडौंलाई नै अतिरिक्त समयमा २-१ गोल अन्तरले हराएर फाइनल पुगेको हो। दोस्रो एलिमिनेटरमा बुटवल लुम्बिनी एफसीलाई १-० गोल अन्तरले पराजित गर्दै दोस्रो क्वालिफायर खेलेको ललितपुर भने बाहिरिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.