|

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का नेताहरुले सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दलका नेताहरुलाई छुट्टाछुट्टै भेट गरेका छन्। नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालुवाटार पुगेका छन्।

यस्तै अध्यक्ष उपेन्द्र यादव प्रमुख प्रतिपक्षी दलका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका छन्। ठाकुर र महतो केही बेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन्।

विपक्षी गठबन्धनले सरकारमा दाबी नगर्ने निर्णयपछि ओलीसँग छलफल गर्न महन्थ र राजेन्द्र बालुवाटार पुगेका हुन्। राष्ट्रपतिले बहुमतका लागि दिएको समयसीमा आज सकिँदै गर्दा नेताहरुको भेटघाट तीव्र भएको छ।

पार्टीभित्रको आन्तरिक विवादले गर्दा जसपा दुईतिर देखिएको छ। बिहान मात्रै  ठाकुर र महतोले कांग्रेस सभापति देउवालाई भेटेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.