|

काठमाडाैं : जसपा संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओली फेरि पनि चतुर भएका बताएका छन्। 

आज साँझ एक ट्विट गर्दै भट्टराईले जनतालाई कोरोना आतंकबाट राहत दिन सक्ने वैकल्पिक सरकार दिन प्रतिपक्षी दलहरू चुक्नु विडम्बनापूर्ण भएको लेखेका छ्न्। 

सिद्धान्तहीनता, खुराफात,किनबेचमा पतन भएको नेपाली राजनीतिमा ओली पुनः चतुर सावित भएका उनको लेखाइ छ। अदालत, संसद, मिडिया, आम जनताले तिरस्कार गरेका ओलीको विकल्प खोज्नैपर्ने पनि उनले लेखका छन्। साथै उनले यसप्रति आत्मसमीक्षा पनि गर्नुपर्ने उल्लेख गरेका छन्। 

संसदबाट प्रधानमन्त्रीले विश्वासको मत नपाएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहितको सरकार बनाउन दलहरूलाई तीन दिने समय दिएकी थिइन्। तर जसपाभित्रको किचलो र एमालेकै माधव नेपाल समूहले राजीनामा दिएर प्रतिपक्षलाई सहयोग गर्दा नयाँ सरकार बन्न सकेन। 

आजै प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीच भएको भेटवार्तापछि प्रधानमन्त्री ओली नै सरकारमा रहने भएका छन्। यसैलाई पूर्वप्रधानमन्त्री भट्टराईले विडम्बनापूर्ण भएको टिप्पणी गरेका हुन्। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.