|

काठमाडौं : नेपाल बंगलादेश बैंकले नेपाल सरकारलार्य पाँच हजार भायल रेम्डेसिभिर प्रदान गरेको छ।

बंगलादेश बैंकले आफ्नो विदेशी संस्थापक बंगलादेशको आइएफआइसी बैंकको सहकार्यमा उक्त औषधि प्रदान गरेको हो। औषधि बंगलादेशका लागि नेपालका राजदूत वंशीधर मिश्रलाई बंगलादेशको राजधानी ढाकास्थित नेपाली दूतावासमा प्रदान गरेको हो।

यसअघि पनि नेपाल बंगलादेश बैकले आफ्नो आइएफआइसी र बंलादेशको बेक्सिम्को फर्मास्युटिकल कम्पनीसँग मिलेर पाँच हजार भायल रेम्डेसिभिर नेपाल सरकारलाई हस्तान्तरण गरिसकेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.