|

काठमाडौं : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को बर्ष (२०२१–२०२३) को न्युयोर्क राज्यको सचिव पदमा चलचित्रकर्मी रेशम जङ्ग शाहले उम्मेदवारी दिएका छन्। चलचित्रकर्मी बाहेक शाह एक समाजसेवी हुन भने उनि कृषक पनि हुन्।

अहिले अमेरिकाको न्यूयोर्क सहरमा बस्दै आएका शाहले सङ्गठनमा भएका विकृति, विसंगतिविरुद्ध आवाज उठाउनका लागि पनि आफुले सचिव पदमा उम्मेदवारी दिएको बताएका छन्। उनी सन् २०१८ मा आप्रवासी भिसामा अमेरिका गएका थिए।

उनले विदेशमा रहेका हाम्रा सन्ततिलाई भाषा, संस्कृति र संस्कार अनिवार्य गर्नका लागि पनि आफुले सधै पहल गर्ने बताए। शाहले विदेशमा रहदा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्ने आफ्नो प्रमुख लक्ष रहेको पनि बताए।

वि.सं २०७२ को महा–भूकम्पमा राहत, उद्दार तथा पुनर्वासका लागि उनी डटेर लागे। काभ्रे र सिन्धुपाल्चोकमा तामाङ, मगर तथा दलित समुदायका लागि ५२ वटा अस्थायी आवास निर्माण गरे। त्यस लगायत उनले गोरखा, लमजुङ, तनहुँ र नुवाकोटमा पनि पीडितलाई राहत सामग्री उपलब्ध गराएका थिए। नेपालमा रहँदा शाहले गुल्मीको गुल्मी दरबार गाउँपालिकामा दरबार कृषि तथा पशुपक्षी फर्म सञ्चालन गरेका थिए।

उनी नेपालमा रहदा ठकुरी सहयोग संजाल नामक संस्था मार्फत बिभिन्न समुदायमा सेवामुखी कार्यमा संलग्न थिए। युएनडिपीको एचआईभी नियन्त्रण तथा रोकथाम परियोजनामा नेपालका बिभिन्न जिल्लामा परियोजना प्रमुख भएर काम गरेको अनुभव पनि शाहसँग छ।

उनी चलचित्रकर्मीको रुपमा पनि परिचित छन्। चलचित्र प्रेम गीत, चंखे शंखे पंखे र मेरी मामुमा कार्यकारी निर्माता तथा जनसम्पर्क र बजार ब्यबस्थापकको रुपमा पनि काम उनले गरिसकेका छन्।

आगामी मे महिनाको अन्तिम सातामा हुने उक्त निर्वाचनमा गैरआवासीय नेपाली सङ्घका सदस्यले अनलाइनबाट भोट दिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.