|

जनकपुरधाम : स्थानीय पशासनले महोत्तरीमा पुनः १० दिन निषेधाज्ञा थप गरेको छ।

आज वैशाख ३१ गते राति १२ बजेदेखि जेठ १० गते राति १२ बजेस्म्मका लागि जिल्ला प्रशासन कार्यालय महोत्तरीले निषेधाज्ञा जारी गरेको हो।

बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकको सिफारिसमा १० दिन निषेधाज्ञा जिल्ला थप गरिएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए।

कोरोना संक्रमणको दोश्रो लहरमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न प्रशासनले गएको वैशाख २२ गतेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरेको थियो।

निषेधाज्ञाको समय सकिन लागेपछि प्रशासनले पुनः १० दिने निषेधाज्ञा थप गरेको हो। संक्रमण तिव्रगतिमा फैलिँदै गइरहेकाले पुनः निषेधाज्ञा थप गर्नु परेको प्रशासनले जनाएको छ।

निषेधाज्ञामा तोकिएका सवारीसाधान, व्यवसायलगायत अन्य खोलिएको पाइए र अति आवश्यक कामबाहेक घरबाट बाहिर निस्केको खण्डमा कानुनबमोजिम कारबाही गर्ने प्रशासनले चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.