|

पर्सा :  पर्सामा निषेधाज्ञा जारी भएको ठिक १५ दिन पूरा भएको छ।

कोरोना महामारीले पूरै वैशाख आधा महिना सर्वसाधारणले खुलेर जिल्लाको सदरमुकाम वीरगन्ज बजारमा पुग्न पाएका छैनन्। मुलुकको प्रमुख धमनीका रुपमा रहेको वीरगन्ज भन्सार र ड्राइपोर्ट नाका रहेको जिल्लाको सदरमुकाम वीरगन्जमा भन्सार, ड्राइपोर्ट, वित्तीय क्षेत्रका कर्मचारीदेखि सरकारी कार्यालयका सीमित कर्मचारी मात्र घरबाहिर जाने/आउने गरेका छन्।

वैशाख लागेयता मात्र पर्सामा ७१ जनाले कोरोनाका कारण ज्यान गुमाइसकेका छन्। यो मानवीय क्षति कम गर्न स्थानीय प्रशासनले गएको वैशाख १६ गतेबाट जिल्लाभर निषेधाज्ञा लगाएको हो। एक हप्ताका लागि भनेर लगाइएको निषेधाज्ञा अहिले तेस्रो हप्तासम्म जारी छ। 

यो समयमा काम विशेषले घर बाहिर जानैपर्ने तथा बिरामी र तिनका आफन्त अस्पताल एरियामा पुग्न विवश छन्। अस्पताल भएका एरियामा भने मानिसको बाक्लो उपस्थिति छ।

आधा महिना नै सर्वसाधारण खुलेर बाहिर निस्कन नपाएको वीरगन्ज बजार क्षेत्र भने बेहुली अन्माएको घर जस्तो सुनसान छ। वीरगन्ज भन्सार र नेपाल भारत संयुक्त भन्सार जाँच चौकी (आइसिपी) मा भने आयात निर्यातले निरन्तरता पाइरहेको छ।

जिल्लाको १५ दिने निषेधाज्ञाको पछिल्लो अवस्था फोटोमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.