|

काठमाडौं : कोरोना महामारीका बीच पनि वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज तानिएको छ। हरेक वर्ष मच्छिन्द्रनाथलाई रथारोहण गरिएको चौथो दिनमा रथ तान्ने चलन छ।

कोरोना संक्रमणको जोखिम बढे पछि मच्छिन्द्रनाथको रथलाई सांकेतिक रुपमा तानेर बुंगमति लगिने छ। रथमा राखिएका मच्छिन्द्रनाथको बिहानको नित्य पूजा पछि हल्लाइएको थियो भने अपरान्ह रथ तानिएको हो। गत बुधबार वैशाख शुक्ल पक्ष प्रतिपदाका दिन साँझ ६ बजेर १७ मिनेटमा करुणामय पनि मानिने मच्छिन्द्रनाथलाई रथारोहण गराइएको थियो।

यस वर्ष कोरोना महामारीका कारण भीडभाड गर्न र बढी मानिस जम्मा हुन नदिन जिल्ला प्रशासन कार्यालयले शनिबार राति १० बजेसम्मका लागि विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र समेत तोकेको छ।

गत वर्ष रथ तान्ने विषयमा विवाद हुँदा स्थानीय र प्रहरीबीच झडप भएको थियो। यसै विषयलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले रातो मच्छिन्द्रनाथको रथ रहेको आसपास क्षेत्रमा पूर्वमा निषेधित क्षेत्र तोकेको छ। रथलाई तानिने स्थानलाई केन्द्रमा राखेर पाँच सय मिटरको दुरीमा निषेधित क्षेत्र तोकेको छ।

कोरोना महामारीका बीचमा पनि मानिसहरु सयौँको संख्यामा उपस्थित भएर रथ तानिएको छ। अघिल्ला वर्षहरुको तुलनामा यस वर्ष रथ तान्दा केही हदसम्म भौतिक दुरी कायम गरिएको छ।

कोरोना संक्रमणको जोखिमले रथलाई पुरा शहर नघुमाई पुल्चोक रथ बनाएको स्थानबाट उत्तरतर्फ रहेको सोह्रखुट्टेपाटी सम्म तानेर (करिब ३० मिटर अगाडि) जात्रा विसर्जन गरिने छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.