|

हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।

कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बैंक स्थापना गर्दै लायन्स क्लवहरुले निःशुल्क रुपमा कोरोना संक्रमितहरुलाई अक्सिजन वितरण गर्दै आएको छ। लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु को एरिया टु का सेक्रेटरी जेपी यादवका अनुसार अक्सिजन बैंकले हालसम्म ५८ जना कोरोना संक्रमितलाई निःशुल्क रुपमा अक्सिजन वितरण गरिसकेको छ।

यादवले होम आइसोलेसनमा बसेका कोरोना संक्रमित र एउटा अस्पतालबाट रेफर भएर अर्को अस्पताल जानुपर्ने बिरामीले बाटोमा एम्बुलेन्समा लगाउने अक्सिजन नपाएपछि उनीहरुलाई लक्षित गर्दै बैंकले अक्सिजन वितरण गरिरहेको बताए।

सोही अनुरुप हालसम्म ५८ जना संक्रमितले निःशुल्क अक्सिजन पाएका हुन्। शुक्रबार हेटौंडामा अक्सिजन अभाव भएर हाहाकार मच्चिएपछि मकवानपुरको लायन्स क्लवहरुको पहलमा ३९ सिलिण्डर अक्सिजन सिमराबाट ल्याइएको थियो।

जसबाट ३० सिलिण्डर हेटौंडा अस्पताललाई र बाँकी ९ वटा सिलिण्डर अस्पतालबाट रिफर भएका बिरामीलाई दिइएको यादवले जानकारी दिए। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.