|

काठमाडौं : पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वार्ता लिएका र तत्कालिन समयमा चर्चामा आएका बाल पत्रकारको निधन भएको छ। 

उनले  ११ वर्षको उमेरमा  अगस्त २००९ मा अमेरिकी राष्ट्रपति ओबामासँग १० मिनेट अन्तर्वार्ता लिएका थिए। उनले ओबामा राष्ट्रपति भएको बेला ह्वाइट हाउसमा  अन्तर्वार्ता लिएका थिए। उनको २३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

गत मे १ का दिन बाल पत्रकार डेमोन वेभरको निधन भएको उनकी दिदीले जानकारी दिएकी छन्। प्राकृतिक कारणले ज्यान गएको बताइए पनि कारण खुलाइएको छैन्।

उनि जर्जियाको अल्बानी स्टेट युनिभर्सिटी मा सञ्चार विषयमा अध्ययरत थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.