|

काठमाडौं : कोरोना संक्रमणबाट काठमाडौं र नेपालगञ्जका दुई  पत्रकारको निधन भएको छ। 

 प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य शान्तिराम कार्कीको कोरोना संक्रमणबाट निधन भएको छ। काठमाडौंको मनमोहन अस्पतालमा विगत १० दिन देखि उपचार गराइरहेका कार्कीको गएराति मृत्यु भएको हो।

झापा गौरादह नगरपालिका वडा नं ४ घर भएका ३५ वर्षीय कार्की अनलाइन न्यूज पोर्टल जनता टाइम्स डट कमका सम्पादक थिए।  

यस्तै नेपालगञ्जका पत्रकार  रइश साईको कोरोना सङ्क्रमणबाट शनिबार मृत्यु भएको छ। नेपालगञ्जबाट प्रकाशित हुने खबर नेपालगञ्ज दैनिक र खबर नेपालगञ्ज डटकमका सम्पादकसमेत रहेका साईको शनिबार उपचारका क्रममा शिक्षण अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.