|

कञ्चनपुर : बेलडाँडी गाउँपालिका–३ वैवाह सीमा इलाकबाट सात ग्राम प्रतिबन्धित खैरो हेरोइनसहित २५ वर्षीय नरेश जोशी पक्राउ परेका छन्।

सुदूरखबर प्रेस लेखिएको ज्याकेट लगाएका ती युवकले भारतीय नागरिकबाट केही सामान लिएको शंका लागेर चेकजाँच गर्दा खैरो हेरोइन फेला परेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए। पक्राउ परेका जोशी शुक्लाफाँटा नगरपालिका–४ का बासिन्दा रहेको बताइएको छ।

जोशीका साथबाट मोबाइल दुई थान, क्यामेरा एक थान, बैंकको चेक पाँच थान, एटिम एक थान, सुदूरखबर दैनिकको परिचयपत्र एक थान, पश्चिम नेपाल दैनिकको पास, युएन टे«ड कन्सर्नको नाममा रहेको मोटरसाइलकको ब्लु बुकसहित बरामद गरिएको छ। बरामद लागु औषध र अन्य सामानसहित जोशीलाई आवश्यक कारवाहीका लागि इलाका प्रहरी कार्यालय बेलडाँडीमा बुझाइएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.