|

उदयपुर : उदयपुरमा थप चारजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक चारजना नै पुरुष हुन्। यससँगै मृतकको उदयपुरमा मृतकको संख्या ११ पुगेको छ।

मृत्यु हुनेमा त्रियुगा नगरपालिका–१० का ६३ वर्षीय पुरुष रहेका छन्। पाँच दिनअघि संक्रमित पुष्टि भएका ती पुरुष चौदण्डीगढी नगरपालिका–६ सातधारे बेल्टारस्थित उदयपुर कोभिड अस्पतालमा भर्ना भएका थिए। अक्सिजन दिएर उपचाररत उनको आइतबार बिहान मृत्यु भएको चौदण्डीगढी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख तेजबहादुर पोखरेलले जानकारी दिए।

यस्तै, चौदण्डीगढी–५ का ५६ वर्षीय पुरुषको पनि उपचारको क्रममा मोरङको विराटनगरस्थित नोबेल हस्पिटल आइतबार बिहान ५ बजे मृत्यु भएको छ। त्रियुगा–३ का ४८ वर्षीय पुरुषको पनि उपचारको क्रममा झापाको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा मृत्यु भएको छ। उनको शनिबार साँझ करिब ७ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए।

त्रियुगा–१२ डिएम गेटका ४५ वर्षीय पुरुषको पनि कोरोनाबाट नै मृत्यु भएको छ। उनको विराटनगरस्थित ग्रिनक्रस हस्पिटलमा शनिबार राति १२ बजे मृत्यु भएको हो। उनलाई श्वासप्रश्वासमा समस्या भएपछि तीन दिन अघि नोबेल हस्पिटल लगिएको थियो।

कोरोनाको दोस्रो लहर आएपछि उदयपुरमा अहिलेसम्म ३ महिला र ८ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.