|

गुल्मी : नेपाल पत्रकार महासंघ गुल्मीले अस्पतालमा अक्सिजनको अभाव नहोस भनेर तम्घास अस्पताललाई २० थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ।

कोरोना महामारीमा अक्सिजन अभावले गर्दा बिरामीहरुले अकालमै ज्यान गुमाउन नपरोस् भनेर करिब पाँच लाख बराबरको भरेको अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरिएको महासंघका अध्यक्ष टोपलाल अर्यालले जानकारी दिए।

महासंघले विभिन्न संघ, संस्था र ब्यक्तिहरुको सहयोगमा रकम संकलन गर्दै अक्सिजन सिलिण्डर खरिद गरी अस्पताललाई प्रदान गरेको हो। माहामारीको समयमा पत्रकार महासंघले अनुकरणीय कार्य गरेको भन्दै महासंघलाई तम्घास अस्पतालका डाक्टर उत्तम पच्याले धन्यबाद ब्यक्त गरे। महासंघले प्रदान गरेको अक्सिजन सिलिण्डरले संक्रमित बिरामीहरुको उपचारमा सहजता थपिदिएको पच्याले बताए। 

३६ लाख ६२ हजार सहयोग संकलन

महासंघले अक्सिजन अभावकै कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर सहयोग अभियान चलाएको हो। आइतबार बिहानसम्म देश तथा बिदेशबाट करिब ३६ लाख ६२ हजार पाँच सय १५ रुपैयाँ सहयोग रकम जम्मा भएको छ।

जिल्लामा विभिन्न संघ संस्थाहरुसँगको सहकार्यमा अक्सिजन प्लान्ट खोल्ने तयारी भइरहेको गुल्मी उद्योग बाणिज्य संघका महासचिब ताराप्रसाद भुसालले जानकारी दिए।

नेपाल पत्रकार महासंघले चलाएको अभियानमै रहेर उद्योग बाणिज्य संघको कार्य समितिले आठ लाख ६७ हजार रुपैयाँ जम्मा गरिसकेको भुसालले बताए। अब जिल्लामा अक्सिजन सिलिण्डरले मात्र सम्भव नदेखिएकाले अक्सिजन प्लान्ट नै खोल्ने तयारी गरिएको जिल्ला स्थित सरोकारवालाहरुले बताएका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.