|

डडेल्धुरा : नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखाले कोरोना आकस्मिक कोष स्थापना गरेको छ। कोरोना संक्रमणको जोखिममा परेका पत्रकारहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन कोरोना आकस्मिक कोष स्थापना गरेको हो। 

कोरोना संक्रमणमा परेका पत्रकारहरूको व्यवस्थापनमा समस्या देखिने भएकाले कोरोना आकस्मिक कोषका लागि नेपाल बैंक लिमिटेड डडेल्धुरा शाखामा खाता संचालन गरेको नेपाल पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले जानकारी दिएका छन्।

उनकाअनुसार कोषमा जम्मा भएको रकम कोरोनाका बिरामीको उपचार तथा व्यवस्थापनमा खर्च गरिनेछ। महासंघको भवनलाई १५ शय्याको आइसोलेसन वार्ड निर्माणसँगै कोरोनाका बिरामी पत्रकारहरूको उपचार, व्यवस्थापनमा टेवा पुगोस् भन्ने हेतुले कोष स्थापना गरिएको सिंहले बताए।

उनले भने, ‘महासंघको खातामा पैसा छैन, स्थानीय तहलगायत अन्य संघ संस्थाको सहयोगमा आइसोलेसन वार्ड निर्माण गरिरहेका छौँ।’ 

अध्यक्ष सिंह केही दिनअघि मात्र कोरोना मुक्त भएका हुन् भने जिल्लास्थित ५ जना पत्रकार अझैं कोरोना महामारीको चपेटामा परेका छन्। पत्रकारहरूमा दिनानुदिन कोरोना संक्रमण बढ्दै गएकाले उनीहरूको सुरक्षाका लागि आइसोलेसनसँगै खर्च व्यवस्थापनका लागि कोष स्थापना गरिएको सचिव पुष्कर भण्डारीले बताएका छन्।

सचिव भण्डारीले उक्त कोषमा सक्दो रकम जम्मा गरी सहयोग गरिदिन सम्पूर्णमा अपिल गरेका छन्। नेपाल बैंकमा रहेको नेपाल पत्रकार महासंघ कोरोना आकस्मिक कोष नामको खाता नं १६३००१०७०३९१६४०००००१ रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.