रियललाई फेरि हराउने दाउमा एथ्लेटिक क्लब

|

काठमाडाैं : सिजनको उत्तरार्द्धमा रहेको स्पेनिस ला लिगामा आज राति सबै क्लब भिड्दै छन्। राति सवा १० बजे लिगमा रहेका २० वटै टोलीले खेल्दै छन्। 

आज लिगका ३७ औं खेलहरू हुनेछन्। जसअनुसार शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडले ११ औं स्थानमा रहेको ओसासुनासँग प्रतिस्पर्धा गर्दै छ भने दोस्रो स्थानको रियल मड्रिडले नवाैं स्थानको एथ्लेटिक क्लबसँग खेल्ने छ। 

त्यस्तै तेस्रो स्थानको बार्सिलोनाले आठाैं स्थानको सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दा चाैथोमा रहेको सेभिल्ला भिल्लारियलसँग भिड्ने छ। एट्लेटिको ३६ खेलबाट ८० अंक बनाएर तालिकाको शीर्ष स्थानमा छ। उसले आजको खेलमा जित हात पारे उपाधि यात्रालाई मजबुत बनाउनेछ।

लिग चरणका खेलहरू सकिनै लाग्दासमेत उपाधिमा शीर्ष तीन क्लबको दाबेदारी उस्तै छ। एट्लेटिकोले आज घरेलु मैदानमा प्रतिस्पर्धा खेल्दा उसलाई केही सहज हुने देखिन्छ भने रियलले ओसासुनाको मैदानमा खेल्दै छ। त्यस्तै बार्सिलोनाले पनि आज घरेलु मैदानमा खेल्दै छ।  

स्पेनिस सुपर कोपाको फाइनलमा बलियो टिम बार्सिलोनालाई हराएर सनसनी मच्चाएको एथ्लेटिकले पछिल्लो पटक गत जनवरीमा यसैको सेमिफाइनलमा रियललाई २-१ ले हराएको थियो। आज पनि घरेलु मैदानको साथ पाएको ऊ रियललाई पराजय चखाउने दाउमा हुनेछ।

त्यस्तै घरेलु मैदानमा बार्सिलोनासँगको लिगको पहिलो खेल ३-० ले हारेको ऊ पनि बदला लिने दाउमा हुनेछ। घरेलु मैदानमा एट्लेटिकोसँग ३-१ ले हार बेहोरेको ओसासुना पनि आज एट्लेटिकोलाई दबाबमा राख्न चाहन्छ। 

चाैथो स्थानको सेभिल्ला पनि भिल्लारियलसँग अघिल्लो खेलमा निकालेको २-० को जित आज पनि दोहोर्‍याउन चाहन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.