|

काठमाडौं : व्यापारिक प्रयोजनका लागि व्यवसायीहरूले चीनबाट ल्याउने ७ हजार ५ सयमध्ये २ हजार ५ सय अक्सिजन सिलिण्डर तातोपानी सोमबार आइपुगेको छ।

व्यापारीले ल्याउँदै गरेका केही स्वास्थ्य सामग्रीसमेत रोकिएको भन्दै त्यसको सहजीकरणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेल मार्फत सरकारसमक्ष आग्रह गरेको बताएका छन्।

यसैगरी चिनियाँ सरकारको अनुदान सहयोगमा प्राप्त २० हजार मध्ये दुई हजार थान हवाई मार्गबाट र स्थलमार्गबाट १८ हजार सिलिण्डर आउने प्रक्रियामा रहेको उपप्रधानमन्त्री ईश्र्वर पोखरेलका प्रेस संयोजक गणेश पाण्डेले बताएका छन्। 

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले तिब्बतको व्यापारिक केन्द्र खासामा आइसकेको ७५ सय थान सिलिण्डिर व्यवसायीहरूले किनेर ल्याउन लागेको जानकारी दिँदै त्यसैलाई अनुदानमा दिएको भनेर प्रचार गरिएको भन्दै आपत्ति जनाएका छन्। त्यो मध्येको २५ सय थान तातोपानी आइपुगेको हो।

तातोपानी भन्सार कार्यालयका अधिकारीले पनि खासा आइपुगेको अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको नभई व्यापारीले ल्याएको बताएका छन्।
दैनिक ३ वटा कन्टेनरमा ती सामग्री नेपाल भित्रने भन्सार कार्यालयले जानकारी दिएको छ।

नेपालमा अक्सिजनको हाहाकार भएपछि तातोपानी भन्सार कार्यालयले छिटो आइपुग्ने गरी सिलिण्डर उपलब्ध गराउन चीन सरकारलाई आग्रह गरेको थियो। 

यसअघि शनिबार तातोपानी नाकामा आइपुगेको १८ हजार सिलिण्डर सरकारले ल्याउन लागेको भन्ने समाचार बाहिरिएपछि व्यवसायीहरूले आपत्ति जनाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.