|

काठमाडौं : सुरज रेग्मीले आइतबार फेसबुकको ‘टियु नोटिस‘ पेजमा लेखेर पोष्ट गरे,‘देशकै ठूलो र पुरानो त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले केवल ३ घण्टाको परीक्षाको लागि ३ वर्षसम्म एउटै कक्षामा राख्नु विद्यार्थीको भविष्यमाथि ठूलो धोका हो,परीक्षा मुल्यांकन गर्ने एक तरिका मात्र हो, मुल्यांकन गर्ने तरिका अरु पनि हुन सक्छन्,कोभिड–१९ शिक्षा क्षेत्रको लागि समस्या मात्र नभई चलनचल्तीमा आएको यो परीक्षामुखी र घोकन्ते शिक्षा प्रणालीलाई बदल्ने सहि अवसर पनि हो।’

यसप्रति जिम्मेवार निकाय, संघसंस्था तथा विद्यार्थी संगठनहरुको कुनै चासो नहुनु दुःखद कुरा रहेको उनले लेखेका छन्। उनले थप भनेका छन,‘विद्यार्थीको भविष्यमाथि प्रश्न उठ्नु भनेको सारा देशको भविष्यमाथि प्रश्न उठ्नु हो, यो परिस्थितिमा धेरैजसो विद्यार्थीहरु डिप्रेसनको सिकार भइरहेका छन्, तसर्थ सम्बन्धित सबै पक्षहरुको ध्यानाकर्षण हुन जरुरी देखिन्छ।’

रेग्मी मात्र होइन त्रिविका सबै परीक्षा रोकिँदा अन्य परीक्षार्थीहरु पनि चिन्तित छन्। त्रिविले दोस्रो लहरको कोभिड १९ तीव्र रुपमा फैलिएपछि वैशाख १४ गतेबाट सञ्चालन हुँदै आएको त्रिवि अन्तर्गतका वार्षिक परीक्षा अनिश्चितकालका लागि स्थगित गरेको थियो।

सोही बेला स्नातक तह दोस्रो वर्षको मानविकी, व्यवस्थापन लगायत संकायको परीक्षा सञ्चालन हुँदै थियो। परीक्षा स्थगित भएको महिना दिन पुग्न लाग्दा पनि त्रिविले अहिले सम्म केही विकल्प खोज्न सकेको छैन्। जसकारण विद्यार्थी तनावमा छन्।

त्रिवि भन्छ : शुक्रबार छलफल गरेर निर्णय लिन्छौ

त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाको विषयमा आगामी शुक्रबार छलफल गर्ने बताए। ‘अझैँ पनि कोरोना संक्रमणको जोखिम कायम नै छ’ उनले थाहाखबरसँग भने,‘अब कुन मोडालिटीमा कसरी रोकिएको परीक्षा सञ्चालन गर्ने भन्ने विषयमा शुक्रबार छलफल गर्दैछौँ।

छलफलबाट अनलाइन वा भौतिक उपस्थितिमा नै परीक्षा लिने नलिने भन्ने  निर्णय हुन्छ।’ उनका अनुसार पहिला सेमेष्टर प्रणालीको अनलाइन वा कुन विधि उपयुक्त हुन्छ त्यही विधिबाट परीक्षा हुने छ। 

स्नातक तह प्रथम वर्षका विद्यार्थीले माथिल्लो तहमा जान पाउने

परीक्षा नियन्त्रक जोशीले स्नातक तहको प्रथम वर्षका विद्यार्थी माथिल्लो तहमा पढ्न पाउने जानकारी दिए। ‘अझै स्नातक दोस्रो वर्षको विभिन्न संकायको परीक्षा हुन सकेको छैन, प्रथम वर्षका विद्यार्थीले परीक्षा नदिइ माथिल्लो तहमा गएर पढ्न पाउने छन,उपयुक्त समयमा परीक्षा पनि हुन्छ,’जोशीले भने। उनले अनलाइनबाट अध्ययन सूचारु गर्न त्रिवि अन्तर्गतका सबै ​क्याम्पसहरुलाई निर्देशन पनि दिइसकेको जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.