|

दाङ : राजनीतिलाई पूर्णविराम लगाएका पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले संचालन गरेको ड्रागन फ्रुट फर्ममा रातकी रानी नामले चिनिले ड्रागन फ्रुट फक्रन र फुल्न सुरु गरेका छन्।

जिल्लामा पहिलो पटक विष्ट मगरले तुलसीपुर–१८ मैरवामा ६४ कठ्ठा जमिन भाडामा लिएर ड्रागन फ्रुट  खेती थालेका छन्। एउटा विरुवाले एक वर्षमा पाँच पटकसम्म फल दिने गर्दछ।

उनको फर्ममा सात हजार बढी ड्रागन फ्रुटका विरुवाहरु छन्। विष्ट मगरले थुप्रै प्रतिकूलताका बाबजुद ड्रागन फ्रुट रातकी रानी फक्रिन थालेको बताए।

यो फ्रुट जेठ महिनादेखि कार्तिक महिना सम्म फल्ने र रातको समयमा फुल्ने गर्दछ। ड्रागन रोपेको चार वर्षदेखि २०–२५ वर्षसम्म फल दिने गर्दछ।

एक बिरुवाले एक सिजनमा ४० किलो भन्दा बढी फल दिन्छ।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.