|

रुकुम (पूर्व) : रुकुम पश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

बाँफिकोट गाउँपालिका–६ देखि वडा नम्बर ७ तर्फ गइरहेको रा १ त ३८९५ नम्बरको ट्रयाक्टर बाँफिकोट–७ दुलिङ खोलामा पल्टिँदा ६ नम्बर वडाका १६ वर्षीय आशिष केसीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा वडा नम्बर ७ का अन्दाजी २५ वर्षीय ट्रयाक्टर चालक मनबहादुर विक र सोही वडाका १७ वर्षीय विजय अधिकारी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए।

ढुंगा बोकेको ट्रयाक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.