काठमाडौं : गण्डकी प्रदेशमा थप १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गए रातिदेखि अहिले सम्ममा तनहु,पर्वत,गुल्मी,स्याङजा,कास्की,मुस्ताङ लगायत जिल्लाका संक्रमितको मृत्यु भएको छ।
कास्की जिल्ला,पोखरा महानगरपालिका वडा-१४ का ७२ वर्षीय पुरुषको मृत्यु भएको छ। ग्यालेक्सी अस्पताल,पोखरामा उपचारको क्रममा उनको मृत्यु भएको हो।
सोही महानगरपालिका-१३ का ४६ वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचार हुँदै गर्दा मंगलबार मृत्यु भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद विन्दु शर्माले जानकारी दिए।
उनका अनुसार यो सँगै गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या चार सय २२ पुगेको छ।
हेर्नुहाेस मृतककाे पूरा विवरण
तपाईंको ईमेल गोप्य राखिनेछ ।