|

बाँके : बाँकेमा कोरोना संक्रमणका कारण थप ११ जनाको मृत्यु भएको छ। भेरी अस्पतालमा ८ जना र नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा ३ जनाको मृत्यु भएको हो।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीका अनुसार भेरी अस्पतालमा  उपचाररत नेपालगन्ज उपमहानगरपालिका ७ बाँकेका ५० वर्षीय पुरुष,बढैयाताल गाउँपालिका ६ बर्दियाका ५७ वर्षीय पुरुष , नेपालगन्ज २ का ५१ वर्षीय पुरुष र नेपालगन्ज १९ का ५७ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ। ​

यस्तै भेरी अस्पतालमा नै उपचाररत रहेका गुर्भाकोट १३ सुर्खेतका ६८ वर्षीय पुरुष, नेपालगञ्ज १० की ६२ वर्षीया महिला, तुलसीपुर १३ दाङका ५० वर्षीय पुरुष र खजुरा २ बाँकेका ८५ वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको हो। 

त्यस्तै नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत रहेका उत्तरगंगा १० रुकुम पूर्वका ६० वर्षीय पुरुष, शिवराज ५ कपिलवस्तुका ३८ वर्षीय पुरुष र मधुवन ७ बर्दियाका ६५ वर्षीय पुरुषको मृत्यु भएको छ। योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि आएका जिल्ला बाहिरका २०० जना र जिल्लाकै २४५ जनाको मृत्यु भइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.