|

काठमाडाैं : पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। माओवादी केन्द्रले छलफल गर्न दिउँसो ३ बजेका लागि बैठक बोलाएको स्थायी समिति सदस्य पम्फा भुषालले जानकारी दिइन्।​

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकारका लागि पेश गरेकाे दाबीलाई अस्वीकृत गर्दै संसद विघटन गरेपछि नेपालको राजनीति तरंगित बनेकाे छ।

माओवादी केन्द्र, नेपाली कांग्रेससहित प्रमुख पाँच राजनीतिक दलले संसद विघटन अस्वीकार गरेर राजनीतिक कानुनी लडाईं लड्ने निर्णय गरिसकेका छन्।

पाँच राजनीतिक दलका १४९ सांसदहरुले कांग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गर्दै राष्ट्रपति समक्ष नयाँ सरकार गठनका लागि दाबी पेश गरेका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.