|

काठमाडौं : सिर्जना खत्री (हाउडे माया)को मेरो एक्सको छम्मा गीतले विवाद र चर्चा बटुल्दै युट्युवमा एक करोड भन्दा धेरै दर्शक श्रोताको माया बटुल्न सफल भएको छ।  खत्रीले यो गीत गत असोजमा आफ्नै युट्युव च्यानलबाट सार्वजनिक गरेकी थिइन्। 

उनले गाएको यो र्‍याप शैलीको गीतले प्रेमी प्रेमीकाको स्टोरी बोकेको छ। र्‍याप गायनमा उनलाई चर्चित र्‍यापर,गायक तथा संगीतकार मिस्टर आरजे (राजेन्द्र भट्ट) ले साथ दिएका छन्।

हाउडे माया बोलको गीत गायनपछि हाउडे मायाको नामले परिचित गायिका सिर्जना खत्री मेरो एक्सको छम्मा बोलको गीत गाएपछि नेपाली सांगीतिक दुनियाँमा फिमेल र्‍यापरको रुपमा चिनिन सफल भएकी छन्। 

गीत रिलिज गर्दा उनलाई यति धेरै दर्शक,श्रोताको माया पाउँछु जस्तो नलागेको उनि बताउछिन्। खत्रीलाई मेरो एक्सको छम्मा गीतको पाएको मायाका कारण सांगीतिक क्षेत्रमा अझै राम्रा गीतहरू पस्किने उत्साह जागेको छ। 

करिब आधा दशकको सांगीतिक करिअरमै आधुनिक तथा र्‍याप शैलीका गीतसँगै, लोक पप, लोकदोहोरी गीत मार्फत दर्शक, श्रोतालाई मनोरञ्जन प्रदान गर्दै आएकी छन्। हाउडे माया,नौटंकी माया, लाहुरे माया, डबल माया, तिम्रै प्यारी अर्धाङ्गिनी र डान्स इज माई प्यासन उनका चर्चित गीतहरू हुन्। 

 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.