|

दैलेख : कोरोना महामारी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय दैलेखले वैशाख २१ गते रातिदेखि जारी गरेको निषेधाज्ञाले सवारी सातको आवत–जावत, नागरिकको प्रत्यक्ष जिवनमा असर गरेको भए पनि विकासे आयोजना–योजनाका कामलाई निषेधाज्ञाले असर गरेको छैन।

पछिल्लो समय दैलेख खण्डमा तीव्र गतिमा निर्माणको काम भइरहेको पुष्पलाल मध्यपहाडि राजमार्गको लगायत यहाँका ११ वटा स्थानीय सरकारले सञ्चालन गर्दै आएका विकासे गतिविधिहरू निषेधाज्ञाका कारण प्रभावित नभएका हुन्।

पुष्पलाल मध्यपहाडी आयोजनाको कार्यालयले दैलेख खण्डमा भएका ठेक्काको काम धमाधम भइरहेको छ। निषेधाज्ञाले आयोजना निर्माणको कामलाई केही प्रभावित पारेको भए पनि राजमार्ग निर्माणको कामै नरोकिएको आयोजनाका प्रमुख डा.अर्जुन वमले बताए।

मध्यपहाडी राजमार्ग निर्माणका लागि अहिले दैलेखमा ४ अर्ब बढीको ठेक्का भएर काम भइरहेको आयोजनाले जनाएको छ। दैलेख क्षेत्रभर एक सय २५ किलोमिटर मध्यपहाडी राजमार्ग पर्दछ। करिब १८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ। बाँकी स्थानहरूमा धमाधम काम सुरु गरिएको डा. बमको भनाइ छ।

दैलेख प्रशासनले निषेधाज्ञाको समयमा बिकासे योजना–आयोजना निर्माणका लागि सामग्री बोक्न प्रयोग गरीने यातायातका साधन अत्यावश्यक सेवामा राखेकाले काम गर्न सहज हुँदै आएको निर्माण व्यवसायीहरूले बताएका छन्।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.