|

हेटौंडा : बागमती प्रदेशको आठौं अधिवेशन आगामी जेठ १६ गतेको लागि बोलाइएको छ। 

मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसको आधारमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले अधिवेशन आह्वान गरेका हुन्। प्रदेश सभा सचिव कृष्ण खड्काले आगामी जेठ १६ गते आइतबार दिउँसो ३ बजेको लागि बैठक बोलाइएको बताए।

उनले बैठकमा छलफल हुने विषयवस्तुबारे कार्यव्यवस्था परामर्श समितिले तय गर्ने भए पनि आगामी आर्थिक वर्षका लागि ल्याइने बजेटको विषयमा संसदमा छलफल हुने बताए।

खड्काले प्रदेश सभामा दर्ता भएको पर्यटनसम्बन्धी विधेयक, मुख्य न्यायाधिवक्ता कार्यालयको प्रतिवेदन, लोकसेवा आयोगको प्रतिवेदन र समितिका प्रतिवेदन पनि आठौं अधिवेशनमा पेस हुने जानकारी दिए। 

मन्त्रिपरिषद् बैठकले असार १ गते बजेट र त्यसअघि नीति तथा कार्यक्रम घोषणा गर्न अधिवेशन आह्वान गर्न सिफारिस गरेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.