|

विराटनगर : करुणा फाउण्डेशनले प्रदेश १ सरकारलाई ३० थान अक्सिजन कन्सन्ट्रेटर प्रदान गरेको छ। आइतबार स्वास्थ्य सामग्री मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरिएको थियो।

फाउण्डेशनले दिएका अक्सिजन कन्सन्ट्रेटर संखुवासभा, भोजपुर, तेह्रथुम लगायतका सात जिल्लाका जिल्ला अस्पताललाई ३÷३ वटा र कोशी कोभिड अस्पताललाई नौवटा वितरण गरिने जनाइएको छ।

उक्त कार्यक्रममा मुख्यमन्त्री राईले सबै नागरिकलाई कोभिड खोप लगाउन प्रदेश सरकार लागिपरेको बताए। उनले नागरिकको स्वास्थ्य सरकारको प्राथमिकता भएकाले सरकारले कुनै कसर बाँकी नराख्ने बताए। संघीय सरकारसँग पनि आवश्यक मात्रामा खोप माग गरिएको उनको भनाइ छ।

प्रदेश सरकारले आगामी नीति, कार्यक्रम र बजेटमा समेत खोपलाई उच्च प्राथमिकता दिन लागेको जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.